गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

धनगढी, २६ भदौ : कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा १५ शय्याको कैलारी आधारभूत अस्पताल सञ्चालन आएसँगै स्थानीय खुसी भएका छन् ।

अस्पताल सञ्चालमा आएसँगै स्वास्थ्यमा सामान्य समस्या देखिँदासमेत उपचार गर्न गाउँपालिका बाहिर गर्नुपर्ने बाध्यता अन्त्य भएको जनाउँदै उनीहरु हर्षित भएका हुन् । गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामीले अस्पताल सञ्चालनका लागि पालिकाले आवश्यक जनशक्ति, उपकरण तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएकाले गुणस्तरीय सेवा प्रदान भइरहेको बताउनुभयो ।

स्थानीयले अस्पताल सञ्चालनमा आएको विषयलाई महत्त्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् । उक्त गाउँपालिका– ५ बैजपुरकी प्रेमदेवी चौधरीले भन्नुभयो, “स्वास्थ्यमा कुनै अप्ठ्यारो भइहालेमा उपचार गर्न धनगढी लगायतका अस्पतालमा धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “घर नजिकै अस्पतालको सुविधा भएपछि निकै सहज भएको छ, उपचार गराउन आवजजावत गर्दा लाग्ने समय र खर्च जोगिएको छ ।”

गाउँमै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आउँदा स्वास्थ्य सेवाको दृष्टीकोणले महत्त्वपूर्ण कार्य भएको भनी स्थानीय चरणलाल चौधरीले खुसी व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले रु १८ करोड ५२ लाख ६३ हजार ८६९ को लागतमा अस्पताल भवन निर्माण भएको जनाउँदै अस्पताल सञ्चालन आएसँगै इमरजेन्सी, भिडियो एक्सरेलगायतका सेवा विस्तारमा ध्यान दिइएको जानकारी दिनुभयो । अस्पतालका निमित्त प्रमुख बलबहादुर धानुकका अनुसार अस्पतालमा हाल ओपिडी, फार्मेसी, प्रयोगशाला, इसिजी सेवा तथा २४ सै घण्टा प्रसुती सेवा उपलब्ध छन ।

अस्पताल सञ्चालनमा आएको एक महिनाको अवधिमा त्यस अस्पतालबाट एक हजार २०० जना बिरामीले विभिन्न उपचार सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा हाल एक मेडिकल अधिकृतसहित १८ जना कर्मचारी छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी