डा लालको देहान्तले मैथिली साहित्यमा अपूरणीय क्षति– नगरप्रमुख साह

डा लालको देहान्तले मैथिली साहित्यमा अपूरणीय क्षति– नगरप्रमुख साह

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 209
    SHARES

जनकपुर, २६ भदौः जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले मैथिली साहित्यकार डा रेवतीरमणलालको निधनले मैथिली साहित्यमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

आज उपमहानगरपालिकाबाट जारी शोक सन्देशमा उक्त कुरा साहले व्यक्त गर्नुभएको हो । जनकपुरधाम–११ निवासी डा लालको यही भदौ २० गते शनिबार निधन भएको थियो । धनुषा जिल्लाका नगराईन नगरपालिका, वडा नं ८ (खिरखिरिया) मा २ मार्च १९४३ ईस्वीमा जन्मिनुभएका डा लालले मैथिली विषयमा विद्यावारिधि गर्नुभएको थियो ।

उहाँ छ दशकदेखि मैथिली साहित्यमा आबद्ध हुनुहुन्थ्यो । उहाँले कविता, गीत, कथा, लेख, अन्तर्वार्ता, यात्रा वृत्तान्त, लोकसाहित्य, समालोचना, अनुवादसहित विविध विधामा कलम चलाउनुभएको थियो ।

डा लालका ‘काल प्रवाह’ (कविता सङ्ग्रह), ‘हस्तरेखा’ र ‘माधव नहि अएला मधुपुरसँ’ (कथा सङ्ग्रह), ‘महाकवि विद्यापति’ (पटकथा), ‘नेपथ्य’ (नाटक),’हमर विदेश भ्रमण’ (यात्रा वृत्तान्त), ’साक्षात्कार’ (अन्तरवार्ता), ‘खिस्सा पिहानी ‘(लोककथा), ‘मिथिलाक सांस्कृतिक परम्परा’, ‘मैथिली लोकसाहित्यक स्वरूप’ र ‘मैथिली गल्पमे चित्रित अन्तरवस्तुक अध्ययन (समालोचना)सहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँलाई नेपालको आधुनिक मैथिली साहित्यको पहिलो पुस्ताका सहजतावादी साहित्यकार मानिन्छ । उहाँले मैथिली साहित्यमा पु¥याउनु भएको योग्दान स्वरुप वैदेही प्रतिभा, त्रिमूर्ति, मिथिला रत्न, पार्वती, विद्यापति, ज्योतिरीश्वर साहित्य सम्मान, डा धीरेन्द्र साहित्य–संस्कृति पुरस्कार, महेन्द्र विद्याभूषण, नेपाल सरकारका प्रादेशिक प्रतिभा पुरस्कार र विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी