बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 494
    SHARES

काठमाडौँ  । नेपाल वायु सेवा निगमाले बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट दिने नभएको छ ।
निगमले एक बिज्ञप्ति निकाल्दै हालसालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूका लागि सहयोग पु‍¥याउने उद्देश्यले निगमले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको  छ ।

निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निगमको अन्तर्राष्ट्रिय स्टेशनहरूबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने निगमसँग सम्बन्धित सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ । सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट हुनेछ ।
विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन निगमले गरेको यस निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपालमा पठाइने राहत सामग्री प्रभावित समुदायसम्म शीघ्र पु‍¥याउन सहयोग पुग्ने विश्वास निगमले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी