चितवनमागुडिरहेको विद्युतीय कारमा आगलागी, चालकको जलेर मृत्यु

चितवनमागुडिरहेको विद्युतीय कारमा आगलागी, चालकको जलेर मृत्यु

  • शुक्रबार, भदौ २६, २०८३
  • मिर्मिरे अनलाइन

  • 627
    SHARES

काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको सर्भिस लेनमा आगलागी भएको एक विद्युतीय कारभित्र चालकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी (विद्युतीय कार) मा एक्कासी आगो लागेको देखिएपछि दमकल र प्रहरी टोलीको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाइसकेपछि कारभित्र जाँच गर्दा चालकको सिटमा जलेको अवस्थामा एक शव फेला परेको हो।

शरीर पूर्ण रूपमा जलेका कारण मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट कारसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गुडिरहेको वा रोकिराखिएको कारमा के-कसरी आगलागी भयो भन्ने विषय खुल्न नसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी