आकाश फुड्सलाई ३ लाख जरिवाना, दुग्ध उद्योगहरूमा नमुना संकलन

आकाश फुड्सलाई ३ लाख जरिवाना, दुग्ध उद्योगहरूमा नमुना संकलन

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 798
    SHARES

काठमाडौँ, २५ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न खाद्य तथा दुग्ध व्यवसायहरूमा आकस्मिक बजार अनुगमन गरी अखाद्य सामग्री नष्ट गर्नुका साथै कसुर गर्ने व्यवसायलाई कारबाही गरेको छ। विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले २०८३/०५/२४ गते गरेको अनुगमनका क्रममा कैफियत भेटिएका पसलहरूलाई नगद जरिवाना र कानुनी प्रक्रिया अघि बढाएको हो।
अनुगमनका क्रममा बालुवाटारस्थित आकाश फुड्समा गम्भीर लापरबाही भेटिएको छ। उक्त पसलमा पानीपुरीमा प्रयोग गरिने अस्वाभाविक गन्ध आएको आलु, प्रयोग भइरहेको तेलको TPM मान २३ र म्याद नाघेको आठ बट्टा लड्डु फेला परेको थियो।
अखाद्य अवस्थामा फेला परेको आलु र म्याद गुज्रिएको लड्डु तत्काल नष्ट गरिएको छ भने उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम आकाश फुड्सलाई रु. तीन लाख जरिवाना गराइएको छ।

यसैगरी, चन्द्रागिरी नगरपालिका–०३ मा रहेको सजिलो डेरी प्रा. लि. मा दूध प्रशोधन कार्य भइरहेको अवस्थामा अनुगमन गरिएको छ। उद्योगमा सरसफाइ र कर्मचारीको व्यक्तिगत स्वच्छता सामान्य पाइए तापनि दूधको गुणस्तर थप अनुसन्धानका लागि प्रयोगशाला परीक्षण गर्न नमुना संकलन गरिएको छ।
सर्वसाधारणको उजुरीका आधारमा कालीमाटीस्थित बाजेको डेरी पसलमा समेत टोलीले निरीक्षण गरेको छ। अनुगमन गर्दा सो डेरीमा सरसफाइ सन्तोषजनक नरहेको, खुला रूपमा दूध र दही बिक्री वितरण गरिएको तथा फ्रिजमा राखिएका खाद्य पदार्थमा पूर्ण लेबल नभएको पाइएको छ। उक्त डेरीलाई तत्काल सरसफाइ सुधार्न निर्देशन दिँदै दूध र दहीको नमुना संकलन गरी अनुसन्धान अघि बढाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माका अनुसार बजारमा अखाद्य तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण रोक्न र खाद्य स्वच्छता कायम राख्न यस्ता आकस्मिक अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी