बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

त्रिशूली (नुवाकोट), २५ भदौः नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने बताउनुभएको छ ।

बाढीले पुर्‍याएको क्षति एवं प्रभावित बासिन्दाको अवस्था बुझ्न आज नुवाकोट आउनुभएका राजदूत माओमिङले बाढीपश्चात् असहज बनेको परिस्थितिलाई सहज बनाउन आवश्यक राहत उपलब्ध गराइरहेको उल्लेख गर्दै पुनरुत्थानमा पनि चीन सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने जानकारी दिनुभयो ।

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारको सहयोगसहित थप दुई मिलियन अमेरिकी डलरसमेत नेपाल सरकारलाई उपलब्ध गराइसकिएको उहाँले जानकारी दिनुभयो । “बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । यसमा हामी (चीन सरकार) अत्यन्त दुःखी छौँ”, उहाँले भन्नुभयो, “विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई गर्नुपर्ने सहयोग निरन्तर रहनेछ ।”

चिनियाँ राजदूत माओमिङले बाढीबाट पुगेको क्षतिको सम्बन्धमा जिल्लास्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफल गरी जानकारी लिनुभएको थियो । त्यसपश्चात् बाढीले क्षति पुर्‍याएको विदुर नगरपालिका-१ र १० का विभिन्न स्थानको अवलोकन गर्नाका साथै विदुर नगरपालिका-२ कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’को पनि अवलोकन गर्नुभयो । उहाँले होल्डिङ सेन्टरमा आश्रय लिएर बासिरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै बसोबास, खानपान, स्वास्थ्य अवस्था, अबको चाहनालगायत विषयमा चासो व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी