राष्ट्रियसभाः ग्यास किन्न पाउने अवस्था बनाउन माग

राष्ट्रियसभाः ग्यास किन्न पाउने अवस्था बनाउन माग

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, २५ भदौः राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताउनुभयो ।

ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उहाँले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराउनुभयो । ग्यास बिक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सदस्य कणको माग थियो ।

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले २१ भन्दा धेरै हिमताल नेपालका लागि खतरा रहेको देखाएकाले त्यसको बहाव क्षेत्रमा रहेका संरचनाका बारेमा राज्यसँग सूचना र जवाफ हुनुपर्ने उहाँको भनाइ छ ।

सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालको उत्तरी भाग हिम क्षेत्र भएकाले यस्तो भूगोलको नियमित निगरानी गरिनुपर्ने बताउनुभयो । तीन हजार १६५ वटा हिमताल रहेको बताउँदै उहाँले तीमध्ये २१ वटा हिमताल फुट्ने खतरामा रहेकाले त्यसप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी