चिलिमे सुरुङभित्रबाट आयो चिसो हावा र आवाज, ६ जनाको उद्धारका लागि कुलमान घिसिङसहितको विज्ञ टोली खटियो

चिलिमे सुरुङभित्रबाट आयो चिसो हावा र आवाज, ६ जनाको उद्धारका लागि कुलमान घिसिङसहितको विज्ञ टोली खटियो

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्यमा महत्वपूर्ण र आशालाग्दो सङ्केत देखिएको छ। नेपाली सेनाको उद्धार टोलीलाई उद्धृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्जिनियर श्रीराम न्यौपानेले सुरुङको करिब १०५ मिटर भित्रबाट बाहिर चिसो हावाको दोहोरो बहाव भइरहेको र भित्र पठाइएको आवाजको प्रतिध्वनि (इको) आएको जानकारी दिएका छन्।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमेको सुरुङभित्र ६ जना कर्मचारी तथा मजदुरहरू फसेको आशङ्का गरिएको छ। हाल नेपाली तथा विदेशी विज्ञहरूसहितको संयुक्त टोलीले उद्धार कार्यलाई तीव्र बनाएको छ। उद्धार टोली सुरुङ छिचोलेर ६० मिटर लम्बाइ, २५ मिटर उचाइ र २० मिटर चौडाइ रहेको विद्युत्‌गृहसम्म पुग्ने प्रयासमा छ, जहाँ पुग्न अब करिब दुई सय मिटर मात्र बाँकी छ। विद्युत्‌गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र पर्याप्त बत्तीका लागि ठूलो ब्याट्री बैंक रहेकाले फसेका व्यक्तिहरू सुरक्षित रहेको अनुमान गरिएको छ।

उद्धार स्थलसम्म पुग्ने बाटो खुलाउन थप मेसिन र अपरेटर परिचालन गर्नुका साथै आवश्यक परे विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरिएको छ। यस्तै ड्रोनमार्फत पाइलट वायर जोडेर धुन्चेको बिजुली चिलिमेसम्म पुर्‍याइएको छ भने हेलिकप्टरमार्फत केबल ढुवानी गरी विद्युत् सेवा नियमित गराउने प्रयास भइरहेको छ। जलविद्युत् गृहभित्रको लेदो फाल्ने र सडक खुलाउने काम निरन्तर चलिरहेको यो जटिल उद्धार अभियानको प्राविधिक सहजीकरणका लागि नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ आफैँ कार्यक्षेत्रमा खटिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी