उपत्यकाबाहिरका उद्योगमा भरेर काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर

उपत्यकाबाहिरका उद्योगमा भरेर काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी ग्यास सिलिन्डर

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो जाँदा ग्यास बोकेका बुलेटहरू काठमाडौँ प्रवेश गर्न नसकेपछि उपत्यकामा हुन सक्ने सम्भावित ग्यास अभाव टार्न विभिन्न जिल्लाका उद्योगहरूबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ। चितवन, बारा, पर्सा, मकवानपुर, धनुषा, नवलपुर र नवलपरासी लगायतका जिल्लामा रहेका ग्यास उद्योगहरूबाट बुधबार ती भरिएका सिलिन्डरहरू उपत्यकातर्फ पठाइएको हो।

नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीका अनुसार चितवनस्थित बाबा ग्यास (८,७१६ सिलिन्डर), नेपाल ग्यास उद्योग गण्डकी (७,३४८ सिलिन्डर) र साइबाबा ग्यास (५,३३७ सिलिन्डर) बाट ठूलो परिमाणमा ग्यास पठाइएको छ। त्यसैगरी मकवानपुरको सहारा ग्यासबाट ७,८७७ सिलिन्डर र धनुषाको नोबेल ग्यास उद्योगबाट सागर ग्यासका ५,६१८ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ।

यसैगरी बाराका ग्यास वन, जगदम्बा, लियो र अम्बर उद्योग तथा पर्साका सुपर र मनोज ग्यास उद्योगबाट समेत विभिन्न कम्पनीका हजारौँ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ। नवलपुरको जानकी ग्यास र नवलपरासीको चण्डेश्वरी ग्यास उद्योगले पनि उपत्यकाको आपूर्ति सहज बनाउन उल्लेख्य संख्यामा सिलिन्डर भरेर पठाएका छन्। पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भई ग्यासका बुलेटहरू बाटोमै रोकिएपछि उपत्यकाबासीलाई ग्यासको सकस नहोस् भनी वैकल्पिक व्यवस्थास्वरूप सिलिन्डर नै भरेर ढुवानी गरिएको सङ्घले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी