अविरल वर्षाले उपत्यका जोड्ने मुख्य राजमार्गहरू ठप्प: कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, टोखा-छहरे र त्रिभुवन राजपथ पनि बन्द

अविरल वर्षाले उपत्यका जोड्ने मुख्य राजमार्गहरू ठप्प: कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, टोखा-छहरे र त्रिभुवन राजपथ पनि बन्द

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

काठमाडौँ। अविरल वर्षा र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य राजमार्ग तथा अन्तरजिल्ला सडक सञ्जाल बिहीबार पनि गम्भीर रूपमा प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न रणनीतिक सडक खण्डहरू पहिरोका कारण पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
विशेष गरी इन्धन र खाद्यान्न आपूर्तिको मुख्य धमनी मानिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा पुनः पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द भएको छ। यसैगरी धादिङकै थाक्रे-९ स्थित सोयाङखोलामा पहिरो जाँदा त्रिभुवन राजपथसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

राजमार्ग तथा सडक खण्डहरूको पछिल्लो अवस्था:

पृथ्वी राजमार्ग (धादिङ): कृष्णभीरमा पहिरोका कारण पूर्ण अवरुद्ध। बेनीघाट रोराङ-१० स्थित ज्वाङखोला खण्डमा भने एकतर्फी मात्रै सवारी सञ्चालन।

त्रिभुवन राजपथ (धादिङ): थाक्रे गाउँपालिका-९ सोयाङखोलामा पहिरो खस्दा यातायात ठप्प।\

काठमाडौँ-धादिङ सडक (काठमाडौँ): चन्द्रागिरि नगरपालिका-२ विस्पानीमा पहिरो जाँदा एकतर्फी मात्र गाडी चलिरहेका।

टोखा-छहरे तथा नुवाकोट सडक: नुवाकोटको शिवपुरी र बेलकोटगढी क्षेत्रमा पहिरो र बाढीका कारण टोखा-छहरे सडकखण्ड पूर्ण रूपमा बन्द।

रसुवा सडक खण्ड: भदौ १० को महाविपत्तिपछि उत्तरगया गाउँपालिका-५ स्थित त्रिशूली मेलुङ-स्याफ्रुबेँसी सडक र जिल्लाका अन्य मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध।

बिपी राजमार्ग जोडिने खण्ड (काभ्रे): खुकुर्ट-नेपालथोक-कटुन्जेबेँसी सडकमा बाढीको उच्च जोखिमलाई ध्यानमा राखी १० टनभन्दा कम क्षमताका मालवाहक सवारीलाई निश्चित समय तोकेर मात्रै सञ्चालन गर्न दिइएको।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी