लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

  • बिहिबार, भदौ २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

राँझा (बाँके), २५ भदौः लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाउने तयारी गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालको बुधबार अनुगमन गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले निजी स्वास्थ्य संस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाइने बताउनुभयो । उहाँले विगतमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानलाई हाल तीन वर्ष बनाइएको उल्लेख गर्नुभयो ।

“मानव स्वास्थ्यसँग जोडिएको संवेदनशील क्षेत्र अस्पताल आफैँमा जिम्मेवार निकाय हो, यसको दर्ता र नवीकरणमा प्रदेश सरकारले व्यावहारिक हुने गरी काम गर्नेछ”, उहाँले भन्नुभयो, “विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै समस्या समाधानका लागि आवश्यक समन्वय गर्नेछ, त्यसका लागि अस्पताल पनि जिम्मेवार बन्न जरुरी छ ।”

प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्या र तिनको समाधानका उपायबारे आफूले स्थलगत रूपमा अध्ययन गरिरहेको बताउँदै उहाँले सरकारी अस्पतालको स्तरोन्नति, सेवा प्रवाहमा प्रभावकारिता र अन्तर–मन्त्रालय समन्वयमा जोड दिइएको बताउनुभयो ।

निजी स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन, नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरेको प्रसङ्ग जोड्दै मन्त्री पुनले यसलाई व्यावहारिक बनाइने बताउनुभयो ।

मन्त्री पुनले साइनिङ अस्पताल बाँकेले लुम्बिनी प्रदेशमात्र नभई पश्चिम नेपालकै जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सफल भएकामा प्रशंसा गर्नुभयो ।

सो अवसरमा अस्पतालका प्रमुख मङ्गल थारूले साइनिङ अस्पतालको सेवा प्रवाहका बारेमा जानकारी गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी