प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मारुती सुजुकी गाडी खरिदमा १ लाख ७५ हजारसम्म छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मारुती सुजुकी गाडी खरिदमा १ लाख ७५ हजारसम्म छुट

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

काठमाडौँ।मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्राइभेट लिमिटेड (Nancy Automobiles Pvt. Ltd.) र प्रभु बैंक लिमिटेडबीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा तिनका परिवारजन, साथै बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडीहरू खरिद गर्दा मोडल अनुसार अधिकतम रु. १,७५,००० (एक लाख पचहत्तर हजार) सम्म नगद छुट प्राप्त गर्नेछन्।

उक्त सम्झौता पत्रमा न्यान्सी अटोमोबाइल्सका तर्फबाट प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंक लिमिटेडका तर्फबाट सेन्ट्रल बिजनेश सेन्टरका प्रमुख लेख बहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौता सन् २०२६ सेप्टेम्बर ०७ देखि प्रारम्भ भई सन् २०२७ सेप्टेम्बर ०६ सम्म (एक वर्षका लागि) कायम रहनेछ।

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको प्रभु बैंकले देशभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ एटिएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी