होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु

होल्डिङ सेन्टरमा बसेकाको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

काठमाडौँ, २४ भदौ : रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित भइ अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहनुभएकाहरूलाई उहाँहरूको इच्छाबमोजिम अस्थायी बसोबासका व्यवस्थाका लागि सरकारले सर्वेक्षण सुरु गरेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार आपतकालीन अवस्थामा बाढी प्रभावितका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । उहाँले भन्नुभयो, “अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टाछुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण सुरु भइसकेको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले गत मङ्गलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर ‘कोबो टुलबक्स’ प्रयोग गरी आवश्यकता मुल्याङ्कन फारम’ मार्फत सर्वेक्षण गरिरहेको छ ।”

यसबाट प्रभावित व्यक्ति तथा परिवारहरूको विवरणका साथै घरको क्षतिको अवस्था (पूर्ण वा आंशिक), परिवारका दिवङ्गत वा बेपत्ता सदस्यको सङ्ख्या, सरकारी सहयोगमा अस्थायी आश्रय वा भाडामा बस्ने उहाँहरूको रुचि, जग्गाको उपलब्धता, स्थानान्तरणको उत्तम विकल्प, खानेपानी, सरसफाइको प्रबन्ध र अन्य थप आवश्यकताहरूबारे जानकारी तत्काल प्राप्त हुने उहाँको भनाइ छ ।

हाललाई यस सर्वेक्षणले होल्डिङ सेन्टरमा रहेका प्रत्येक घरपरिवारको आवश्यकता पहिचान गर्दै सरकारलाई आफ्नो योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ । “एकहप्ताभित्र सर्वेक्षण सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्यस लगत्तै होल्डिङ सेन्टरभन्दा बाहिर रहनुभएका प्रभावित परिवारहरूको पनि यही फारम प्रयोग गरी सर्वेक्षण गरिनेछ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी