भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन
नारायणगढ (चितवन), २४ भदौः चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन् । तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उहाँले बताउनुभयो । शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो ।

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न मिल्नेगरी डिएनए नमूना सुरक्षित राखिएको छ । हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई प्राथमिकता दिएको छ ।

हालसम्म जिल्लामा ७५ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । सङ्कलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डिएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी