ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन

ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, २४ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आवश्यक व्यवस्थापन मिलाउन नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास उपलब्ध नभएमा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साट्न सकिने व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।

त्यस व्यवस्थाबाट उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरमार्फत समेत ग्यास प्राप्त गर्न सक्नेछन् ।

मन्त्रीको सचिवालयका अनुसार बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो ।

मन्त्री यादवले उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सृजना गर्ने वा तोकिएको व्यवस्थाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी