चिलिमे जलविद्युत् आयोजनामा उद्धार तीव्र: ६ जना फसिरहेको आशङ्का, नेपाली सेनाको अनुरोधमा कुलमान घिसिङ रसुवा प्रस्थान

चिलिमे जलविद्युत् आयोजनामा उद्धार तीव्र: ६ जना फसिरहेको आशङ्का, नेपाली सेनाको अनुरोधमा कुलमान घिसिङ रसुवा प्रस्थान

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसिरहेका ६ जना कर्मचारी तथा मजदुरहरूको खोजी र उद्धार कार्यलाई तीव्र पारिएकै समयमा प्राविधिक समन्वय र सुझावका लागि पूर्वऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाली सेनाको विशेष अनुरोधमा घिसिङ विदेशी विशेषज्ञसहितको उद्धार टोलीलाई मद्दत गर्न रसुवा पुग्न लागेका हुन्। यसअघि भदौ १४ गते पनि उनले सो क्षेत्रको हवाई निरीक्षण (रेकी) गरेका थिए।

मङ्गलबारसम्म सुरुङभित्र करिब ९० मिटर दूरी पार गरिसकेको उद्धार टोली अब करिब २०० मिटर अगाडि रहेको मुख्य पावरहाउस क्षेत्रमा पुग्ने प्रयासमा छ। करिब ६० मिटर लम्बाइ, २५ मिटर उचाइ र २० मिटर चौडाइ रहेको उक्त पावरहाउसको माथिल्लो भागमा खाद्यान्न, खानेपानी र ठुलो ब्याट्री बैंक (विद्युत् आपूर्ति) को सुविधा रहेकाले सम्पर्कविहीन ६ जना मजदुरहरू सोही क्षेत्रमा सुरक्षित रूपमा फसिरहेको आशङ्का गरिएको छ।

उद्धार कार्यमा खटिएका प्रतिनिधि सभा सदस्य एवम् इन्जिनियर श्रीराम न्यौपानेका अनुसार मङ्गलबारसम्म हवाईमार्ग (हेलिकप्टर) बाट मात्र पहुँच सम्भव भएकोमा बुधबारदेखि उद्धारस्थलसम्म अस्थायी स्थल मार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। अब रातिसमेत उद्धार कार्यलाई निरन्तरता दिने योजना बनाइएकाले दुई जना अनुभवी एस्क्याभेटर अपरेटरको तत्काल आवश्यकता परेको भन्दै उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिलसमेत गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी