म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

म्याग्दी, २४ भदौः म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस जेभी र डिभिजनबीच रु एक करोड ६४ लाख १५ हजार २५४ मा ठेक्का सम्झौता भएको थियो । यसै महिनामा पुल निर्माण सकिएपछि आवतजावतका लागि खुला गरिएको छ ।

अठार महिनाको ठेक्का अवधि रहेको थियो । निर्धारित समयभित्रै पुल सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि प्रविन सापकोटाले बताउनुभयो । धवलागिरि गाउँपालिका–७ का राजकुमार कोइरालाले पुलले आवतजावतका लागि यात्राअवधि छोटिनुका साथै पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्षा गरिएको बताउनुभयो । एक घण्टाको यात्राअवधि पाँच मिनेटमा छोटिएको उहाँले बताउनुभयो ।

धवलागिरि गाउँपालिकामा यसअघि गत वर्ष दुई वटा तीन सय मिटर भन्दा लामा झोलुङ्गे पुल निर्माण भएको थियो । धवलागिरी गाउँपालिका–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा तीन सय ६५ मिटर र वडा नं.–३ फलियागाँउ र दर जोड्ने दरखोला माथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यो सहित हाल म्याग्दीमा तीन सय मिटर भन्दा लामा झोलुुङ्गे पुलको संख्या सात वटा पुगेको छ ।

रघुगंगा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५.८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर र अन्नपूूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने ३४४ मिटर लामो पुुल निर्माण भइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी