बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

  • बुधबार, भदौ २४, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, २४ भदौः काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ ।

सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गर्नुभएको हो ।

विगत केही वर्ष अगाडिदेखि नै ग्लोबल एक्सन नेपालको संयोजनमा नगरपालिकाको आर्थिक सहयोग र ‘ज्ञान रिसर्च एन्ड लर्निङ रिसोर्स सेन्टर’को प्राविधिक सहयोगमा नगरपालिकाका सबै वडाका सामुदायिक तथा संस्थागत विद्यालयको भौगोलिक सूचना प्रणाली प्रविधिमा आधारित विद्यालय नक्साङ्कन तथा विद्यालयगत शैक्षिक सूचनाहरु व्यवस्थित गर्ने कार्य जारी रहेको थियो । ती वडाका १९ विद्यालयका सम्बन्धित शिक्षकलाई प्रविधि सञ्चालन गर्ने तरिकासम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा नगरप्रमुख अधिकारीले प्रविधि निर्माणमात्र प्रमुख कुरा नभई यसको उपयोगिता धेरै महत्त्वपूर्ण भएकाले अब सम्बन्धित वडा विद्यालयले यसको उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नगरका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले यस प्रविपिधमार्फत देशविदेशको जुनसुकै स्थानबाट सम्पूर्ण वडाहरूभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको दूरी तथा विद्यालयसम्बन्धी विवरण हेर्न र बुझ्न सकिने जानकारी दिनुभयो ।

ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक श्रेष्ठले यो कार्य शिक्षा क्षेत्रका लागि एउटा नवीन तथा उपलब्धिमूलक हुने भएकाले यस साझेदारी नमूना सावित हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी