मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड

मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

दमौली (तनहुँ), २३ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको आज दर्शन तथा अवलोकन गर्नुभएको छ । उहाँले मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वबारे अध्ययन गर्नुका साथै यसको संरक्षण, प्रवर्द्धन, समग्र विकास र व्यवस्थित व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ढोरवाराही मन्दिरमा पुगेर मुख्यमन्त्री पाण्डेले मन्दिर परिसर, धार्मिक संरचना तथा आसपासको क्षेत्रको अवलोकन गर्नुभएको थियो । सोक्रममा उहाँले ढोरवाराही क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै थप व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने चर्चा गर्नुभयो ।

अवलोकनका क्रममा धार्मिक सम्पदाको मौलिकता जोगाउँदै आवश्यक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको संरक्षण तथा पर्यटकमैत्री व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । ढोरवाराहीको ऐतिहासिक तथा धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरिने उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले ढोरवाराही मन्दिर शुक्लागण्डकी नगरपालिकाको मात्र नभई समग्र गण्डकी प्रदेशकै महत्त्वपूर्ण धार्मिक सम्पदा रहेको बताउनुभयो । उहाँले मन्दिरको संरक्षणसँगै योजनाबद्ध विकास र प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने धारणा राख्नुभयो ।

नगरप्रमुख पण्डितले ढोरवाराहीको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई थप उजागर गर्दै यहाँ आउने भक्तजन तथा पर्यटकका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरी गुरुयोजनाका आधारमा विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी