जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 570
    SHARES

वीरगञ्ज (पर्सा), २३ भदौः जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ । पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।

समय तालिकाअनुसार जिल्लाबाट मनोनित गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गते आइतबारसम्म केन्द्रमा आइपुग्नुपर्नेछ । त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ ।

असोज ४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशनअघि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना तथा परिणाम घोषणा गरिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी