इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रात्रिकालीन बत्ती बालिने

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, २३ भदौः यस वर्षको इन्द्रजात्रादेखि हनुमानढोका दरबार क्षेत्रका प्रत्येक मन्दिरमा रात्रिकालीन बत्ती बाली भिलिमिली बनाइँदैछ । रात्रीकालीन बत्ती बाल्ने क्रम जैसीदेवलबाट सुरु गरिएको काठमाडौँ महानगरपालिका, हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३२ वटा मन्दिरमा बत्ती जडान गरिसकिएको कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजूले राससलाई जानकारी दिनुभयो । नमूनाका रूपमा जैसीदेवलमा पाँच महिना अघिदेखि रात्रिकालीन बत्ती बाल्न सुरु भइसकेको उहाँले बताउनुभयो ।

बत्तीको तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृति नदिएको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । इन्द्रजात्राका लागि वसन्तपुर दरबार क्षेत्रमा रङ्रोगन र साजसजावट सुरु भएको छ । यस वर्षको इन्द्रजात्रा असोज ९ गते परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी