‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’

‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

कपिलवस्तु, २३ भदौः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालको जिल्ला समितिद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिनुभयो ।

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताउनुभयो । यसका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो ।

कार्याक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी