नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

  • मङ्लबार, भदौ २३, २०८३
  • मिर्मिरे अनलाइन

  • 722
    SHARES

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन्। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा थुनछेक बहसका लागि सोमबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका उनलाई न्यायाधीश नवराज दुलालको इजलासले ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

स्मार्ट टेलिकमको धितो लिलामीसम्बन्धी विवादमा गत साउन २७ गते अध्यक्ष पाँडेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो। उनीहरूविरुद्ध सङ्गठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुर (बाफिया) मा मुद्दा चलाइएको थियो। अदालतले मागेको ४० लाख रुपैयाँ धरौटी रकम सोमबार नै बुझाएपछि पाँडे रिहा भएका हुन्।

यसअघि सोही प्रकरणमा मुछिएका एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी