भारत लैजान राखिएको ८०१ थान सालिग्राम बरामद

भारत लैजान राखिएको ८०१ थान सालिग्राम बरामद

  • मङ्लबार, भदौ २३, २०८३
  • रबिन्द्र यादव

  • 855
    SHARES

सुस्ता २३ भदौ । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा नं ३ पत्थरकलाबाट प्रहरीले भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि राखिएको ८०१ थान सालिग्राम बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार सोमबार नेपाल-भारत सीमा क्षेत्रमा पर्ने भित्री सडकमा भारततर्फ अवैध रूपमा भन्सार छली लैजानका लागि बेवारिसे अवस्थामा राखिएको सालिग्राम प्रहरीले बरामद गरेको हो । सालिग्रामको अनुमानित मूल्य ३ लाख २० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

सालिग्राम बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर नवलपरासी पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी