चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

हेटौँडा, २२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।

चेपाङ समुदायको न्वागी (छोनाम) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका मौलिक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले न्वागीलाई बागमती प्रदेशको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्नुभएको छ । चेपाङ समुदायले न्वागी मनाउँदा उनीहरूको विशिष्ट सांस्कृतिक पहिचान स्थापित हुनाका साथै परम्परागत मूल्य र मान्यताले महत्व पाएको उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको मुलुक भएको उल्लेख गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीको साझा पहिचान भएको बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले न्वागी पर्वले समाजमा सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समुन्नत समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री थापाले न्वागीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण चेपाङ समुदायमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी