बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

पर्सा, २२ भदौ : रसुवा बाढी प्रभावितको उपचारका लागि वीरगञ्जस्थित विभिन्न सङ्घ÷संस्थाले १७९ पिन्ट रगत सङ्कलन गरेका छ्न ।

यहाँस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रम ६८ पिन्ट रगत सङ्कलन गरिएको छ । रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

रक्तदान अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सहभागीले रक्तदान गर्नुभएको थियो । सङ्कलित प्रत्येक युनिट रगतले विपद्बाट प्रभावित तथा उपचाररत बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्नेछ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत १११ जना कर्मचारीले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवामा जोड्ने उद्देश्यले रक्तदान गर्नुभएको छ ।

वीरगञ्ज बैंकर्स ग्रुपले आयोजना गरेको कार्यक्रममा १० जना महिलासहित १११ जनाले रक्तदान गरेका आयोजक संस्थाले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी