माथिल्लो त्रिशूली-३ ‘बी’ मा फसेका १७८ जनाको खोजी र उद्धारमा ढिलाइ भएको भन्दै माइतीघरमा आफन्तको प्रदर्शन

माथिल्लो त्रिशूली-३ ‘बी’ मा फसेका १७८ जनाको खोजी र उद्धारमा ढिलाइ भएको भन्दै माइतीघरमा आफन्तको प्रदर्शन

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 418
    SHARES

काठमाडौँ। रसुवा बाढीका कारण पूर्ण रूपमा क्षति पुगेको ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन रहेका १७८ जना कर्मचारी तथा श्रमिकको तत्काल खोजी र उद्धारको माग गर्दै पीडित परिवार तथा आफन्तहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

बाढी आएको १३ दिन बितिसक्दा पनि सरकारले सो आयोजनामा उद्धार तथा खोजी कार्यमा पर्याप्त चासो नदेखाएको, आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन नसकेको र आफन्तहरूलाई समेत खोजीका लागि जान नदिएको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। प्रदर्शनमा सहभागीहरूले ‘उद्धार कठिन छ भन्दैमा रोक्न पाइँदैन’, ‘१३ दिन भइसक्यो उद्धारको सूचना खै?’ र ‘माथिल्लो ३ ‘बी’ लाई प्राथमिकता देउ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

बाढी प्रभावित सुमना श्रेष्ठ अमात्य (जसका श्रीमान् वरिष्ठ भूगर्भविद् सुरेश अमात्य सोही आयोजनाबाट सम्पर्कविहीन छन्) ले गृह मन्त्रालयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको र सरकारले लाचारीपन देखाएको बताइन्। उनले ठूला उपकरण र हेलिकप्टर प्रयोग गरी उद्धार गर्नुपर्नेमा कुटो-कोदालो लिएर प्राविधिक खटाइएको र अन्तर्राष्ट्रिय सहयोग लिनसमेत ढिलाइ गरिएको आरोप लगाइन्।

अन्य प्रभावित क्षेत्रमा ११ औँ दिनसम्म पनि मानिसहरू जीवितै उद्धार भइरहेकाले समयमै अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय टोली परिचालन गरिए आफ्ना आफन्तहरूलाई जीवितै वा शव भए पनि फेला पार्न सकिने आशा पीडित परिवारले व्यक्त गरेका छन्। सरकारलाई कुनै एक स्थानमा मात्र सीमित नभई त्रिशूली-३ ‘बी’ मा पनि तत्काल खोजी कार्यलाई तीव्रता दिन उनीहरूले जोडदार माग गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी