बुद्धभूमिमा लालपुर्जा वितरण

बुद्धभूमिमा लालपुर्जा वितरण

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

कपिलबस्तु, २२ भदौ : जिल्लाको बुद्धभूमि नगरपालिकाका जग्गाधनीले लालपुर्जा प्राप्त गरेका छन् ।

बुद्धभूमि नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा बुद्धभूमि–८ मा आयोजित कार्यक्रममा वडा नं. ७ र ८ का ७३० जग्गाधनीलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ गरी ७३० जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण अभावमा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व स्थापित गर्न सहज हुने भएको छ ।

बुद्धभूमि नगरप्रमुख केशवकुमार श्रेष्ठले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । लालपुर्जा प्राप्त भएपछि स्थानीयवासीको जग्गामाथिको स्वामित्व सुरक्षित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा सहज हुने उहाँले बताउनुभयो ।

“नगरपालिकाभित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ,” उहाँले भन्नुभयो । बाँकी जग्गा दर्ताको काम सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो ।

नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया अघि बढाएर प्रमाणपुर्जा वितरण गरिएको बताउनुभयो । प्रमाणपुर्जामा नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरणमा त्रुटि भए सच्याउन सकिने भएकाले प्रमाणपुर्जा प्राप्त गरेपछि विवरण ध्यानपूर्वक जाँच गर्न उहाँले जग्गाधनीलाई आग्रह गर्नुभयो ।

यसअघि बुद्धभूमि–५ का ३३५, वडा नं. ६ का ६२० र वडा नं. १० का ७३१ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको छ । वडा नं. ७ र ८ का ७३० समेत गरी बुद्धभूमि नगरपालिकामा हालसम्म दुई हजार ४१६ घरपरिवारले लालपुर्जा प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी