मुग्लिन -नारायणगढ सडकखण्ड दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने

मुग्लिन -नारायणगढ सडकखण्ड दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने

  • सोमवार, भदौ २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 532
    SHARES

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज भदौ २२ गतेदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ।

तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

जिल्ला  प्रशासनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म, दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द रहनेछ।

यसैगरी, बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, बिहान १०ः३० बजेदेखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म, दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेपछि सडकमा सवारी आवागमन खुला रहनेछ।

हाल मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मतको काम भइरहेकाले नयाँ ट्र्याक खोलेर आवागमन सहज बनाउन केही समय लाग्ने भएको छ। सोही कारण नारायणगढ–मुग्लिन सडकमा समेत सवारी साधनको चाप कम रहेकाले यही समयको सदुपयोग गर्दै तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको कार्यतालिकालाई ध्यानमा राखेर मात्रै यात्रा तथा सवारी सञ्चालनको योजना बनाउन यात्रु र चालकलाई अनुरोध गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी