‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 380
    SHARES

काठमाडौँ, २१ भदौः सिंहदरबारस्थित सङ्घीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गर्नुभयो ।

त्यसक्रममा गृहमन्त्री गुरुङले जेनजी पुस्ताको माग सम्बोधन गर्न आफूहरू लागिरहेको बताउनुभयो । “हामीले जे कसम खाएका छौँ । त्यसलाई पूरा गर्छौं”, उहाँले भन्नुभयो ।

गत वर्ष भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

गत फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि वर्तमान सरकार गठन भएको हो । यही भदौ १८ गतेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते नेपाल मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी