साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौँ। साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित दर्ता गरेको छ। यस जितसँगै नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। ३ खेलबाट ६ अंक जोड्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ।

मलेसियाको बायुमास ओभलमा साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि गुल्सन झा ४४ रन (३५ बल, ३ चौका, ३ छक्का) र कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे। यस्तै ईशान पाण्डेले ४० रन तथा देव खनालले ३९ रनको योगदान दिए भने ओपनर अर्जुन कुमाल १५ र आशिफ शेख २० रनमा आउट भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो। साउदीका लागि ओपनर अब्दुल वाहिद गफरले सर्वाधिक ७७ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले १-१ विकेट हात पारे।

नेपालले यसअघि समूह चरणका पहिलो दुई खेलमा बहराइनलाई ७ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी