मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

सुदूरपश्चिम, २१ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज आयोजित १८औँ मुक्त हलिया दिवसका अवसरमा ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनस्र्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनस्र्थापनालाई राहत वितरणमा मात्र सीमित नगरी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्ने बताउनुभयो । वास्तविक पीडित मुक्त हलियाका समस्या र मागप्रति प्रदेश सरकार गम्भीर तथा जवाफदेही रहेको उल्लेख गर्दै उहाँले उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नुको कारणबारे गम्भीर समीक्षा गरी आगामी दिनमा ठोस योजना र परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित सङ्घसंस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो ।

“समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ । त्यसबाट निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ”, मुख्यमन्त्री भट्टले भन्नुभयो, “मुक्त हलियाको दिगो पुनस्र्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

मुक्त हलियाको आर्थिक तथा सामाजिक अवस्था सुधार हुने गरी पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सम्बन्धित सङ्घसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी