मलेखु–काठमाडौं सडकखण्ड आइतबार साँझ ६ बजेसम्म बन्द हुने

मलेखु–काठमाडौं सडकखण्ड आइतबार साँझ ६ बजेसम्म बन्द हुने

  • आइतवार, भदौ २१, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ । मलेखु–काठमाडौं सडकखण्ड आइतबार साँझ ६ बजेसम्म बन्द हुने भएको छ।

धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा अन्तरगत क्षतिग्रस्त सडकको आवश्यक मर्मतका लागि शनिबार मर्मत कार्य नसकिएपछि आइतबार बिहान ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।

जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार साँझ सूचना जारी गर्दै अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधनको आवागमन रोक लगाइएको जनाएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण परेवाभिरस्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि उक्त सडकखण्डमा एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो।

जिल्ला प्रशासन कार्यालय धादिङले बन्द अवधिमा एम्बुलेन्स र शववाहनजस्ता अत्यावश्यक सवारीसाधनलाई भने आवागमनको अनुमति दिइनेछ। जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सम्बन्धित सबै सरोकारवालालाई उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी