दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 323
    SHARES

काठमाडौँ, २० भदौः सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ ।

अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी