रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

रसुवामा आएको बाढीले मुलुकलाई स्तब्ध बनाएको छः प्रदेश प्रमुख खापुङ

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

विराटनगर, २० भदौः कोशीका प्रदेशप्रमुख परशुराम खापुङले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मुलुकलाई स्तब्ध बनाएको बताउनुभएको छ । अखिल नेपाल वैश्य(हलवाई) सेवा समिति केन्द्रीय कार्यालय मोरङद्वारा आज यहाँ आयोजित श्रीश्री १००८ संतशिरोमणि बाबा गणिनाथ गोविन्दको जन्मजयन्तीे कार्यक्रममा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सबैले मिलेर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले शान्ति, समृद्धि, विकास र समाजलाई जोड्न आजको दिनले सफलता मिलोस् शुभकामना दिँदै बाढीपीडितको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहका सरकार, सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पीडितका लागि आवश्यक सहयोगका लागि पनि सबैमा आग्रह गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष कृष्णकुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका वरिष्ठ सल्लाहकारद्वय प्रह्लाद साह र दिनेश साहले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी