बाढी पीडितका लागि संकलित राहत सामग्री अनुगमन: केही खाद्य पदार्थ अयोग्य र म्याद नाघेको भेटियो

बाढी पीडितका लागि संकलित राहत सामग्री अनुगमन: केही खाद्य पदार्थ अयोग्य र म्याद नाघेको भेटियो

  • शनिबार, भदौ २०, २०८३
  • मिर्मिरे अनलाइन

  • 969
    SHARES

काठमाडौँ, भदौ २० । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि संकलन तथा भण्डारण गरिएका राहत सामग्रीमध्ये केही खाद्यान्न उपभोग्य मिति सकिएको र अयोग्य पाइएको छ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले भदौ १९ गते राजधानीका विभिन्न मुख्य राहत संकलन केन्द्रहरूमा पुगेर निरीक्षण गरेको थियो। सो क्रममा टोलीले विभिन्न स्थानमा म्याद नाघेका र अयोग्य खाद्य पदार्थ फेला पारी कारबाही प्रक्रिया अघि बढाएको छ।

विभागका अनुसार सामाखुसीस्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा राहतका लागि राखिएका खाद्यान्न परीक्षण गर्दा म्याद नाघेको २ प्याकेट चोकोफन र ५ केजीको १ प्याकेट चक्की आटा भेटिएको थियो। साथै, उपभोग्य मिति सकिन २ दिन मात्र बाँकी रहेको ५९ प्याकेट दालमोठसमेत भेटिएपछि ती सबै सामग्रीलाई राहतका लागि अयोग्य ठहर गर्दै अस्वीकार गरी छुट्टै ‘Expired Zone’ मा राखिएको छ।

यसैगरी, सामाखुसीकै राधा स्वामी सत्सङ्ग केन्द्रमा संकलित राहत सामग्री निरीक्षण गर्दा २५ केजीको १ बोरा उसिना चामल उपभोग्य मिति समाप्त भइसकेको पाइएकाले त्यसलाई पनि अस्वीकार गरिएको छ।

उता थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा अनुगमन गर्दा राहतका लागि तयार पारिएका यशोदा फुड्सको करेन्ट चिप्स तथा बुटवलको गिरिधारी फूड प्रोडक्टबाट उत्पादित ३० थान र २१ बोरा भूजाको म्याद सकिएको पाइएपछि ती सामग्रीलाई छुट्ट्याएर अलग्गै राखिएको विभागले जनाएको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट प्राप्त भएका राहत सामग्रीहरूको अवस्था भने सन्तोषजनक पाइएको छ।

विमानस्थलमा आएका आटा, चामल, दाल, नुन, तेल तथा चनालगायतका खाद्यान्नको लेबल, ब्याच नम्बर र उपभोग्य मिति जाँच गर्दा सबै दुरुस्त र उपभोगयोग्य रहेको भेटिएको छ। बाढी प्रभावित क्षेत्रमा अस्वस्थकर वा म्याद नाघेका खाद्यान्न नपुगोस् भन्नका लागि विभागले राहत वितरणमा संलग्न सबै संघ-संस्था तथा निकायहरूलाई अनिवार्य रूपमा ‘असल वितरण अभ्यास’ (Good Distribution Practice) पालना गर्न र केवल स्वच्छ खाद्यान्न मात्र पठाउन कडा निर्देशन दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी