एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुहुने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ ।

अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले रु एक करोड २० लाख सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी