एक सातादेखि च्यामको फोरजी टावर ठप्प

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 304
    SHARES

हुम्ला, १९ भदौः जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय सञ्चार सेवाबाट वञ्चित हुनुपरेको छ ।
टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताउनुभयो ।

उहाँका अनुसार टावर एक सातादेखि बिग्रिएरको छ, जसबाट बिरामी तथा आपत्कालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न समस्या भइरहेको छ । स्थानीयले यथाशीघ्र टावर मर्मत गरी सेवा सुचारु गर्न माग गरिरहनुभएको छ ।

त्यस टावरले जिल्लाको अदानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा सञ्चार सम्पर्क गराउन योगदान दिँदै आएको छ । नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलारमा चार्ज हुन नसकेपछि टावर सञ्चालनमा समस्या आएको हो ।

उहाँले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलारमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताउनुभयो ।
सूचना अधिकारी बोहोराका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म राम्रोसँग चार्ज भए टावर आफैँ सञ्चालनमा आउनेछ । जिल्ला सदरमुकाम सिमकोटमा समेत सोलारमा आवश्यक पावर नहुँदा दैनिक छदेखि आठ घण्टासम्म सेवा अवरुद्ध हुने गरेको बताउनुभयो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी