पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 266
    SHARES

ललितपुर, १९ भदौः ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको हो

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ । हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । विगतका वर्षमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।

मन्दिरमा पूजा अर्चनाका लागि दक्षिण र उत्तरतर्फ भक्तजनहरुको लाइन लागेको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मन्दिर परिसरमा भक्तजनको सुविधाको लागि मङ्गल टोलसुधार समितिले स्वास्थ सेवा र पानी को व्यवस्थापन गरेको छ ।

लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरु खटिएका छन्, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी