त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जना १० दिनपछि जीवितै उद्धार, सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जना १० दिनपछि जीवितै उद्धार, सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 703
    SHARES

काठमाडौँ। भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीलाई १० दिनपछि शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूलाई सकुशल बाहिर निकालेको हो।

जीवितै उद्धार गरिएकाहरूमा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान (सप्तरी निवासी) सञ्जय शाह र प्राधिकरणकै सुपरभाइजर कविर महर्जन रहेका छन्।

उद्धार कार्यमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजे उनीहरूलाई सुरुङबाट बाहिर निकालिएको हो। सुरुङभित्र १० दिनसम्म अलपत्र परेका उनीहरूलाई नेपाली सेनाले घटनास्थलमै प्रारम्भिक उपचार (फर्स्ट एड) पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको छ।

सुरुङभित्र अझै अन्य कामदार तथा कर्मचारीहरू फसेको आशङ्कामा नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्र रूपमा जारी राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी