एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग

एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 646
    SHARES

काठमाडौँ, १९ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब (१० मिलियन अमेरिकी डलर) सहयोग गर्नुभएको जानकारी दिनुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनुभएको हो ।

“नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा–भोटेकोशी बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले ह्वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले उक्त सहयोगले विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी