काठमाडौँमा खाना पकाउने ग्यास पाउन सास्ती ( फोटोहरु )

काठमाडौँमा खाना पकाउने ग्यास पाउन सास्ती ( फोटोहरु )

  • शुक्रबार, भदौ १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 1.2K
    SHARES

काठमाडौँ  । कृष्णभीरको पहिरोका कारण मुग्लिन–थानकोट सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।  ग्यास बुलेट गाडी काठमाडौँ जोड्ने बैकल्पिक मार्गबाट आउन  नसकिने भएपछी  काठमाडौं, धादिङ र काभ्रेमा मुख्य कार्यालय वा प्लान्ट रहेका १८ वटा ग्यास उद्योगले  तराई तथा भित्री मधेशका विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिण्डरमा ग्यास भर्दै वितरण गर्न लागिएको हो।

 

 

निगमका अनुसार अनुसार काठमाडौंको चोभार–चल्लाखेल र धादिङको नौबिसेमा प्लान्ट रहेका एभरेष्ट र सुगम ग्यासलाई मकवानपुरको साहारा ग्यास उद्योगबाट रिफिलिङ गर्न सक्ने व्यवस्था गरिएको छ।

काभ्रेको सांगामा रहेको गौरीशंकर ग्यासलाई वीरगन्जको सुपर ग्यास, धादिङको सीता श्री ग्यासलाई बाराको डुमरवानास्थित ग्यास वान नेपालबाट रिफिलिङको सुविधा दिइएको छ।

त्यस्तै, बालाजुको नेपाल ग्यास र धादिङको हिमालय पेट्रोकेमिकल्सलाई जनकपुर तथा चितवनमा रहेका नेपाल ग्यास (नारायणी) र नेपाल ग्यास (गण्डकी)बाट ग्यास भर्ने व्यवस्था गरिएको छ।

धादिङको थाक्रेमा रहेको मेट्रो काठमाडौं ग्यासलाई वीरगन्जको मनोज ग्यास र चितवनको खैरहनीस्थित बाबा ग्यासबाट रिफिलिङ गर्न सक्ने सुविधा दिइएको निगमले जनाएको छ।

यसैगरी, काभ्रेको बनेपास्थित सगरमाथा ग्यासलाई नवलपरासीको परासीस्थित चण्डेश्वरी ग्यास, धादिङको थाक्रेको श्री ग्यासलाई चितवनको खैरहनीस्थित बाबा ग्यास, धादिङको श्रीराम ग्यासलाई गैंडाकोटस्थित जानकी ग्यास तथा धादिङको क्यावसन र काभ्रेको नालास्थित उग्रचण्डी ग्यासलाई बारास्थित लियो ग्यास उद्योगबाट रिफिलिङ गर्ने सुविधा उपलब्ध गराइएको छ।

यसै गरि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास महँगिएको छ। कृष्णभीरको पहिरोका कारण ढुवानी लागत बढेपछि ग्यास कम्पनीहरूले प्रतिसिलिन्डर रु. १०५.३८ थप शुल्क लिएका छन्।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य रु. २,०६० तोके पनि काठमाडौं उपत्यकामा अब उपभोक्ताले रु. २,१६५.३८ तिर्नुपर्नेछ। ग्यास कम्पनीहरूले वास्तविक ढुवानी खर्च अझ बढी भए पनि उपभोक्ताबाट हाल रु. १०५.३८ मात्रै अतिरिक्त शुल्क लिइएको बताएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी