मेचीनगर, झापा । हालै आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मेचीनगर–१०, खयरडाँगीमा टोलवासीहरूको संयुक्त पहलमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको छ।
सूर्योदय टोल विकास संस्थाको समन्वयमा आयोजित कार्यक्रममा बद्रीनाथ भट्टराईले शोक वक्तव्य दिँदै बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभयो।
कार्यक्रममा झमकबहादुर कार्की, नेपाल भेना, सुरेन खाती, होमभद्र श्रेष्ठ, हेमु गुरुङलगायत सम्पूर्ण टोलवासीहरूको उपस्थिति रहेको थियो।
उपस्थित टोलवासीहरूले दिवंगत आत्माहरूको सम्मानमा मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।
मौनधारणपछि कार्यक्रम औपचारिक रूपमा समापन गरिएको रोशन भट्टराईले जानकारी दिनुभयो ।