रसुवाको टिमुरेमा भिस्याट क्यामेरा जडान, भोटेकोसी र त्रिशूली तटीय क्षेत्रमा अनलाइन निगरानी सुरु

रसुवाको टिमुरेमा भिस्याट क्यामेरा जडान, भोटेकोसी र त्रिशूली तटीय क्षेत्रमा अनलाइन निगरानी सुरु

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 817
    SHARES

लाङटाङ-लिरुङ हिमालको उत्तरी पाखामा गएको भीषण हिमपहिरोपछि भदौ १० गते आएको बाढीले पूर्वसूचना प्रणालीका जलमापन केन्द्रहरू बगाएपछि सिर्जना भएको सूचना अभावलाई सम्बोधन गर्न सरकारले रसुवाको टिमुरेमा ‘भिस्याट (VSAT) क्यामेरा’ जडान गरेको छ।

बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिस्ट सरस्वती विष्टका अनुसार भदौ १० को बाढीले रसुवागढी, स्याफ्रुबेसी र बेत्रावतीमा रहेका स्वचालित जलमापन केन्द्रहरू सूचना संकलन गर्न नपाउँदै बगाएको थियो। त्यसपछि स्थानीय बासिन्दाका टेलिफोन र चीन सरकारले भूउपग्रह (स्याटेलाइट) मार्फत पठाएका विवरणका भरमा मात्र तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गर्नुपरेको थियो।

तत्काल नयाँ जलमापन केन्द्र स्थापना गर्न अध्ययन र समय लाग्ने भएकाले महाशाखाले टिमुरेमा भिस्याट क्यामेरा जडान गरी चौबीसै घण्टा सिंहदरबारस्थित कार्यालयबाटै भोटेकोसी र त्रिशूली नदीको बहाव निगरानी गर्न थालेको छ। क्यामेराले खिचेका अनलाइन दृश्यका आधारमा बाढीको जोखिम देखिनासाथ मोबाइल एसएमएस तथा सूचनामार्फत तल्लो तटका बासिन्दालाई सतर्क गराइनेछ।

यसैबिच, चीन सरकारले परराष्ट्र मन्त्रालयमार्फत हिमपहिरो गएको लाङटाङ लिरुङ क्षेत्रको भूउपग्रह र ड्रोन दृश्यसम्बन्धी तथ्यांक नियमित उपलब्ध गराइरहेको छ। चिनियाँ पक्षले पठाएको पछिल्लो अद्यावधिक विवरण अनुसार हिमपहिरोपछि बनेको तालमा पानीको सतह घटिसकेको, माटो बगिसकेको र ठूलो बाढी आउने तत्कालको जोखिम टरेकाले डराउनुपर्ने अवस्था नरहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी