प्रतिनिधिसभा : सांसदद्वारा जलवायु न्याय र क्षतिपूर्तिको माग

प्रतिनिधिसभा : सांसदद्वारा जलवायु न्याय र क्षतिपूर्तिको माग

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 342
    SHARES

काठमाडौँ, १८ भदौः प्रतिनिधिसभामा भोटेकोशी बाढी नेपालको कारणले सिर्जित नभएको दाबी गर्दैै जलवायु न्याय र क्षतिपूर्तिसम्बन्धी माग गरिएको छ । आजको बैठकमा भाग लिँदै सांसदहरूले नेपालले बेहोर्नुपरेको क्षतिसम्बन्धी विषय अन्तरराष्ट्रिय मञ्चमा सरकारले उठाउनुपर्नेमा जोड दिनुभएको हो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु न्याय र अन्तरराष्ट्रिय क्षतिपूर्तिका लागि सरकारले अन्तरराष्ट्रिय समुदायसँग पहलकदमी लिनुपर्ने बताउनुभयो । “अन्तरराष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनको कारणले भएको क्षति र नोक्सानीका बारेमा आवाज उठाउनुपर्ने बेला भइसकेको छ,” उहाँले भन्नुभयो, “भोटेकोशी बाढी नेपालले निम्त्याइएको होइन । नगरेको गल्तीको मूल्य हामीले किन चुकाउने ?”

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जलवायु न्यायका बारेमा पनि अन्तरराष्ट्रिय क्षेत्रमा आवाज उठाउनुपर्ने बताउनुभयो । “विश्वको कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य छ तर हामीले नगरेको अपराधको सजाय भोगिरहेका छौँ,” उहाँले भन्नुभयो, “सरकारले राहत होइन, क्षतिपूर्ति चाहिन्छ भनेर दाबी गर्नुपर्छ ।”

नेकपा (एमाले)का सांसद पुष्पराज कँडेलले भोटेकोशी बाढीबाट नेपालले ठूलो आर्थिक क्षति बेहोर्नुपरेकाले पुनःपूर्ति गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । “सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्त हुने सम्भावना अत्यन्त न्यून छ,” उहाँले भन्नुभयो, “भोटेकोशीमा र बूढीगण्डकीमा गएको बाढीका कारणले पृथ्वीराजमार्गअन्तर्गतको कृष्णभीर लगायतका स्थानमा सडकमा ठूलो क्षति भएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी