अस्ट्रेलियाद्वारा ड्रोन विशेषज्ञ टोली खटाइने, सहायता प्याकेज बढाएर १ करोड १० लाख अस्ट्रेलियन डलर पुर्‍याइयो

अस्ट्रेलियाद्वारा ड्रोन विशेषज्ञ टोली खटाइने, सहायता प्याकेज बढाएर १ करोड १० लाख अस्ट्रेलियन डलर पुर्‍याइयो

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 456
    SHARES

काठमाडौँ। भोटेकोसी बाढीपछिको खोज तथा उद्धार कार्यमा सघाउन अस्ट्रेलिया सरकारले १५ सदस्यीय विशेषज्ञ ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ नेपाल पठाउने भएको छ। नेपाल सरकारको औपचारिक अनुरोधपछि न्यु साउथ वेल्स र क्विन्सल्यान्डका फायर एन्ड रेस्क्यु टोलीसहितका ड्रोन अपरेटरहरू काठमाडौँ आउन लागेका हुन्।

उक्त टोलीले अत्याधुनिक ड्रोन प्रविधिमार्फत प्रभावित क्षेत्रको द्रूत नक्साङ्कन र तस्बिर संकलन गरी नेपाली उद्धारकर्ताहरूलाई खोजी कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ। यससँगै नेपालमा खटिने अस्ट्रेलियाली कर्मचारीको सङ्ख्या ३४ पुग्नेछ। यसअघि नै कन्सुलर, मानवीय सहायता, अस्ट्रेलियन फेडरल पुलिस र रक्षा मन्त्रालयका १९ जना कर्मचारी परिचालन भइसकेका छन्।

बाढीपछि नेपालमा रहेका ३८ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलिया सरकारले जनाएको छ। उनीहरूको खोजीका लागि अस्ट्रेलियाले नेपाल र चीनका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको छ।

यसैबिच, अस्ट्रेलियाले नेपालका लागि आफ्नो मानवीय सहायता प्याकेज विस्तार गर्दै कुल १ करोड १० लाख अस्ट्रेलियन डलर पुर्‍याएको छ। अस्ट्रेलियाली नागरिकहरूले ‘इमर्जेन्सी एक्सन एलायन्स’मार्फत सङ्कलन गरेको ४० लाख डलरमा अस्ट्रेलिया सरकारले थप ३० लाख अस्ट्रेलियन डलर थप गरी विपद् पीडितका लागि आश्रय, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा तथा प्रभावित बालबालिकाका लागि अस्थायी सिकाइ केन्द्र निर्माणमा खर्च गर्ने जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी