उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति लैजान पूर्वमन्त्री घिसिङको सुझाव

उद्धारका लागि आवश्यक उपकरण र जनशक्ति लैजान पूर्वमन्त्री घिसिङको सुझाव

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 361
    SHARES

काठमाडौँ, १८ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको जतिसक्दो चाँडो उद्धार गरिने बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि विज्ञसहितको टोलीले प्रयास जारी राखेको स्पष्ट पार्नुभयो ।

“सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रधानमन्त्रीको जिज्ञासा थियो”, प्रधानमन्त्रीसँगको भेटपछि पूर्वऊर्जामन्त्री घिसिङले सञ्चारकर्मीसँग भन्नुभयो, “फसेका व्यक्तिको उद्धारका लागि सुरुङ क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति लैजान सुझाव दिएका छौँ ।”

भेटमा प्रधानमन्त्रीले सुरुङमा फसेका नागरिकको सकुशल उद्धारका लागि सरकारले जस्तोसुकै साधनस्रोत र जनशक्ति परिचाल गर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले स्वदेशमै उपलब्ध साधनस्रोत र बाहिरबाट पनि ल्याउनुपर्ने छ भने पनि त्यसलाई तत्काल परिचालन गरिने विश्वास दिलाउनुभएको छ”, घिसिङले भन्नुभयो ।

अध्यक्ष घिसिङले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहत वितरणलाई तीव्र बनाउन सडक सञ्जाल तत्काल पुनःस्थापित गर्नुपर्ने सुझाव दिनुभयो । “स्याफ्रुबेँसीसम्म सडक सञ्जाल पु¥याउने र बेलिब्रिज राख्ने भन्ने बारेमा व्यापक छलफल भयो”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी