मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य

मलेसियाले नेपाललाई दियो एक सय चार रनको सामान्य लक्ष्य

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 836
    SHARES

काठमाडौँ, १८ भदौः एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा घरेलु टोली मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियामा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ मा समेटियो । मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।

त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ थता स्याहादत रामीले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यसैगरी ललितनारायण राजबंशीले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

उक्त प्रतियोगिताअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको थियो । नेपालको यो आज दोस्रो खेल हो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी