बाढी प्रभावितलाई रामगोपालपुर नगरपालिकाबाट ३१ लाख सहयोग

बाढी प्रभावितलाई रामगोपालपुर नगरपालिकाबाट ३१ लाख सहयोग

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 228
    SHARES

महोत्तरी, १८ भदौः महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेकोे नगरपालिका प्रमुख रामदुलार साहले जानकारी दिनुभयो ।
“राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ”, नगरप्रमुख साहले भन्नुभयो, “यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबैपक्षसँग अपिल गरेका छौँ ।”

यसअघि गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि रु ४७ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकेको जानकारी दिइएको छ । महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी