बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • बिहिबार, भदौ १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 247
    SHARES

चितवन, १८ भदौः चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउनुहुन्छ । अहिले भोटेकोशीको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका बासिन्दा प्रभावित भएको जनाउँदै आँखाको सुरक्षामा ख्याल गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “आँखामा कुनै समस्या देखिएमा तुरुन्तै परीक्षण गर्नुपर्छ ।” सकेसम्म आँखालाई दूषित पानी र वातावरणबाट जोगाउनुपर्ने जनाउँदै उहाँले सम्भव नभए तत्काल सफा गरेर समस्या देखिएमा परीक्षण गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, भरतपुर आँखा अस्पतालले बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा दिएको छ । अस्पतालका अध्यक्ष एवं सङ्घका सभापति जयराम श्रेष्ठले सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा प्रभावितलाई निःशुल्क सेवा दिइएको बताउनुभयो ।

अस्पतालको धादिङको सल्यानटार, बेनीघाट, चितवनको कुरीनटार, तनहुँको आँबुखैरहनीमा उपचार केन्द्र रहेको छ । भरतपुर आँखा अस्पतालमा आएर सेवा लिनसक्ने उहाँले बताउनुभयो ।

सभापति श्रेष्ठले प्रभावित क्षेत्रमा शिविरको आवश्यकता भएमा एकल वा अन्य सङ्घसंस्थासँग साझेदारीमा शिविरमार्फत निःशुल्क सेवा दिइने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी